१) एनआरएनको एसिया प्रशान्त क्षेत्रिय भेलामा सहभागिको लागि अनुरोध:
आउदो मेई महिनाको १७ र १८ तारीखमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्धारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उत्त बैठकमा भाग लिन एकसय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिन अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उत्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ ।
२) "एभरेष्ट नेपाल एक्जिवेशन " मा उपस्थिति तथा सहयोग अनुरोध:
जापान स्थित नेपाली दुताबासको आयोजना र एनआरएन जापानको सह-आयोजनामा यहि आउदो जुन महिनाको १ र २ तारीखमा "Everest Nepal Exhibition" कार्यक्रम हुने भएको छ ।
३) एभरेष्ट ईन्टरनेशनल स्कुलमा आर्थिक संलग्नता तथा संम्भावित क्षेत्रबाट सहयोग गर्न अनुरोध:
"नेपालीका लागि नेपाली" भन्ने मुल नारा अनुरुप जलबिधुत, बिबि एयर जस्ता लगानीका क्षेत्रमा एनआरएनको अनुरोधलाई आत्मसाथ गर्दै देखाउनु भएको उत्साहजनक सहभागिताको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दै पुन: जापानबासी नेपाली समुदायलाई सेवा गर्न, नेपाली पाठ्यक्रममै संचालनमा आएको नेपालीको पहिलो प्रयास र अभियान "एभरेष्ट ईन्टरनेशनल स्कुल" मा थप सहयोग र संलग्नताको लागि एनआरएन जापानले हार्दिक अनुरोध गर्दछ । नेपाली द्धारा नै नेपालीको लागि गरिएको यस महान कार्यमा बिगतमा झै उत्साह जनक लगानी र संम्भावित क्षेत्रबाट सहयोग हुनेछ भन्ने बिश्वास लिएको कुरा पनि एनआरएन जापानद्धारा प्रेषित बिज्ञप्तिमा जनाईएको छ ।




