Non - Resident Nepali Association (NRNA)Japan

Nepali Time:Sun-May-2013 23:47:47

Japan Time:Mon-May-2013 03:02:47

You are here:
एनआरएन जापानद्धारा गोविन्द प्रसाद मैनालीलाई आर्थिक सहयोग प्रदान || गैरआवासीय नेपाली सङ्घको पाँचौं क्षेत्रीय सम्मेलन दुबईमा ||

Designed by eTDS TechnoSys
Click here to donate

एनआरएन जापानद्धारा विविध बिषयमा उपस्थिति तथा सहयोगको लागि आग्रह

अप्रिल २६, २०१३ (शुक्रबार)

गैर-आवासीय नेपाली संघ जापानका प्रवक्ता शरद कुमार गौचनद्धारा तपसिल तिनवटा बिषयमा सार्वजनिक सुचना जारि गर्दै एक बिज्ञप्ति मार्फत बिशेष अपिल गर्नुभएको छ । साथै, यस बिषयमा थप सहयोग र बिस्तृत जानाकारिको लागि एनआरएन जापानका पदाधिकारि ओम गुरुङ: 09-7177-3977, बिष्णुहरि रेग्मी: 090-1371-3750 र नर बहादुर थापा:080-5495-5877 लाई सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ ।
जसअनुसार,
१) एनआरएनको एसिया प्रशान्त क्षेत्रिय भेलामा सहभागिको लागि अनुरोध:
आउदो मेई महिनाको १७ र १८ तारीखमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्धारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उत्त बैठकमा  भाग लिन एकसय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने  ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिन अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उत्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ ।
२) "एभरेष्ट नेपाल एक्जिवेशन " मा उपस्थिति तथा सहयोग अनुरोध:
जापान स्थित नेपाली दुताबासको आयोजना र एनआरएन जापानको सह-आयोजनामा यहि आउदो जुन महिनाको १ र २ तारीखमा "Everest Nepal Exhibition" कार्यक्रम हुने भएको छ ।
पहिलो पटक जापानमा हुन गईरहेको यस बृहत कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट अनुकुलता अनुसार सक्रिय सहभागिता जनाई नेपालको पर्यटन बिकाशमा सहयोग पुर्याउन हुन जापानबासि नेपालीहरुलाई हार्दिक अनुरोध गरिएको छ । उत्त २ दिने वृहत कार्यक्रममा नेपाली कला, संस्कृति तथा पर्यटन प्रवन्धन गर्ने हेतुले बिभिन्न सांस्कृतिक प्रदशनीहरु र नेपाली खानाको स्तल समेत राखीने कुरा जनाईएको छ । साथै उत्त अबसरमा जापानी प्रख्यात पर्वतारोहिहरुको चिनारि, उनिहरुको सम्मान र बिभिन्न बिषयमा सिम्पोजियम,सेमिनार समेत गरिने कुरा जनाकारि गराईएको छ । पहिलो पटक जापानको प्रसिद्ध पर्यटन स्थल टोक्यो टावरमा भब्य आयोजना हुन गईरहेको यस कार्यक्रममा जापानबासी नेपाली, जापानी तथा अन्य महानुभावहरुको उत्साहजनक सहभागिताको लागि गैर-आवासीय नेपाली संघ जापानले हार्दिक अनुरोध गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
३) एभरेष्ट ईन्टरनेशनल स्कुलमा आर्थिक संलग्नता तथा संम्भावित क्षेत्रबाट सहयोग गर्न अनुरोध:
"नेपालीका लागि नेपाली" भन्ने मुल नारा अनुरुप जलबिधुत, बिबि एयर जस्ता लगानीका क्षेत्रमा एनआरएनको अनुरोधलाई आत्मसाथ गर्दै देखाउनु भएको उत्साहजनक सहभागिताको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दै पुन: जापानबासी नेपाली समुदायलाई सेवा गर्न, नेपाली पाठ्यक्रममै संचालनमा आएको नेपालीको पहिलो प्रयास र अभियान "एभरेष्ट ईन्टरनेशनल स्कुल" मा थप सहयोग र संलग्नताको  लागि एनआरएन जापानले हार्दिक अनुरोध गर्दछ ।  नेपाली द्धारा नै नेपालीको लागि गरिएको यस महान कार्यमा बिगतमा झै उत्साह जनक लगानी र संम्भावित क्षेत्रबाट सहयोग हुनेछ भन्ने बिश्वास लिएको कुरा पनि एनआरएन जापानद्धारा प्रेषित बिज्ञप्तिमा जनाईएको छ ।

More:

एनआरएनद्धुारा जलबिधुतमा सामुहिक लगानी गर्न आब्हान

नोभेम्वर १३, २०१२ (मंगलबार)

सामुहिक लगानी मार्फत मुलुकमा बिभिन्न बिकास आयोजनाहरु भित्र्याउने एनआरएनको अभियान अन्तर्गत पहिलो प्राथमिकतामा परेको जलबिद्युतमा लगानी गर्न एनआरएनले सँस्थापक शेयर खुल्ला गरेको छ । सामुहिक लगानीका लागि नेपालमा कम्पनी दर्ता भईसकेको र एक ब्यक्तिले १ लाखदेखि १ करोडसम्म लगानी गर्न पाउने प्रावधानबमोजिम शेयर रकमको २५ प्रतिशत पहिलो किस्ता रकम यहि नोवेम्बर मसान्तभित्र दाखिला गर्न पनि एनआरएन सामुहिक लगानी समितिले आह्वान गरेको हो ।

 

More:

एनआरएन जापानद्धारा “एभरेष्ट नेपाल एक्जिवेशन” मा सहयोगको लागि हार्दिक आब्हान

मेई १५, २०१३ (बुधबार)

सर्वोच सिखर सगरमाथा आरोहणको ६० औं बर्ष पुगेको अबसरमा जापानी पर्वतारोहीहरुको स-संम्मान तथा स्वदेशको कला संस्कृतिको प्रचार प्रसार एवं समग्रहमा नेपाललाई चिनाउनको लागि टोक्योको चर्चित पर्यटन स्थल टोक्यो टावरमा आउदो जुन १ र २ तारीखका दिन आयोजना हुने २ दिने कार्यक्रमको बारेमा सर्वबिदितै छ  ।
साथै जापानमा क्रियासिल नेपाली ब्यबसायीहरुलाई जापानी माँझ परिचय गराउने  तथा नेपाल र नेपालीको लागि नेपालीले नै भन्ने मुल नाराका साथ सम्पन्न हुन गईरहेको यस अभियानमा जापान स्थित नेपाली दुताबासको आयोजना तथा गैर-आवासीय नेपाली संघ जापानको सहकार्य रहेको पुन अबगत गराउदछौं ।

सदा झै जापानबासी आम नेपालीहुरुबाट प्राप्त सहयोग, सदभावको लागी हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस अभियानमा पनि बिशेष गरेर नेपाली ब्यबसायीकर्ता तथा अन्य महानुभावहरुलाई प्रायोजन गरि सहयोग गरिदिनुहुनको लागि हार्दिक बिनम्र अनुरोध गर्दछौं । साथै प्रतिबद्धता ब्यक्त गरिसक्नु भएका प्रायोजकद्धय तथा सम्पुर्ण संम्बन्धित महानुभावहरुको लागि तपसिल खाताको बिवरण जानाकारि गराउदै यथासिघ्र भुक्तानि गरि सहयोग गरिदिनु हुन पनि बिनम्र निवेदन गर्दछौं ।

खाताको बिस्तृत विवरणहरु
----------------------------------------------------------------------------------------------------------------
●銀行名:三井住友銀行/Mitsui Sumitomo Bank (ミツイスミトモギンコウ)
●支店:日比谷支店/ Hibiya Branch (ヒビヤシテン)
●店番号:632
●口座番号:8755315 
●口座名:ネパール観光促進実行委員会/Nepal Kankou Sokushin Jikko Iinkai
(ネパールカンコウソクシンジッコウイインカイ) 
----------------------------------------------------------------------------------------------------------------

यहाहरुको अटुट सहयोग र सदभाब को लागि हार्दिक धन्यबाद दिदै  सिमित बाकी ब्यानरको नमुना तपसिल जानाकारि गराउदछौं ।

Banner in Main Stage Size Aprox. 500X300 is 50,000 Yen
▲Booth  Table Size is 1800X450 One table is 50,000 Yen
▲Our side of Banner in Side Wall Size is Aprox. 500X500 is 30,000 Yen
▲Company Flyer Browser Stand (Chrashi) is 10,000 Yen

थप सहयोग र बिस्तृत जानाकारिको लागि
ओम गुरुङ: 09-7177-3977, बिष्णुहरि रेग्मी: 090-1371-3750 र नर बहादुर थापा:080-5495-5877

More: