Tuesday 28 March, 2017
registration

काभ्रेको खार्पाचोक गाविसलाई जापानी सहयोग

timendate23 February, 2016 timendate0

जापान सरकारले काभ्रे जिल्लाको खार्पाचोक गाविसमा जीवन निर्वाहको अवस्था सुधार आयोजना कार्यान्वयन गर्न जापानी संस्था आम्दा माइन्डसअन्तर्गत सगुन नेपाल नामक नेपाली साझेदार संस्थासँग मिलेर कार्य गर्ने गरी रु दुई करोड ९८ लाख ४५ हजार बराबरको प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।
सो दुईवर्षे योजना २०१५ को मार्चदेखि नै सुरु भएको छ । आयोजनाले जीवन निर्वाह, पानी, स्वास्थ्य तथा सफाइ क्षेत्रमा कार्य गर्नेछ ।

त्यसअन्तर्गत स्थानीयवासीलाई कृषि तथा पशुपालन तालिम, सहकारी तालिम, खानेपानी तथा सिँचाइका लागि पानी, जङ्गलनजिक पानीको स्रोत संरक्षण तथा पखालाजस्ता रोगब्याधी नियन्त्रण तथा जनचेतनाका क्षेत्रमा सो रकम खर्च गरिने जापानी दूतावासद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

top