Thursday 25 May, 2017
registration

नयाँ वर्षको अवसरमा स्विटजरल्याण्डमा शुभकामना साँझ

timendate22 April, 2015 timendate0

गुणराज शर्मा, स्विजरल्याण्ड । स्विटजरल्याण्डको पर्यटकीय सहर लुर्जनमा नयाँ वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना साँझ कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायकगायिका मिलन लामा र सकुन्तला थापाको प्रस्तुति रहेको थियो ।

बिमला हायोज बस्नेतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल भने स्विटजरल्याण्डस्थित संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थित थिए ।

राजदूत धिताल, मुख्य आयोजक बिमला हायोज बस्नेतले संयुक्त रुपमा कार्यक्रम उदघाट्न गरेका थिए । शुभकामना कार्यक्रमपछि सांगितिक कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा नेपालबाट अमन्त्रित कलाकार मीलन लामाले आफ्ना चर्चित गीत माझी दाई पोखरा, छम्म छम्म, तामाङ सेलोजस्ता गीतहरु र गायिका सकुन्तला थापाले आफ्ना चर्चित गीतहरु सुन्तला र स्याउ, रातो पछ्यौरी प्रस्तुत गरिन् ।

कार्यक्रममा स्थानीय कलाकारहरु श्रीयास अधिकारी, देवान्सी अर्याल, वर्षा हायोज, झिल्के दाई, नवराज घिमिरे, सुभाष सुन्दास, सुदिप फ़्राउनफ़ेल्डर लगायतले आफ्ना आकर्षक प्रस्तुतिहरु पस्किएका थिए भने कार्यक्रम आयोजक विमला बस्नेतले गत वर्षको कार्यक्रमबाट बचेको रकम नेपालमा अनाथ बालबालिका लागि सहयोग गरेको बारेमा तयार पारिएको रिपोर्ट सुनम पन्तले प्रस्तुत गरेका थिए ।

पोखरामा १.५ मिलियन स्विस फ्रान्कको लागतमा निर्माण गर्न लागिएको स्तरीय अस्पतालकोबारेमा डाक्टर लुकास एरबेर्लेले जानकारी गराएका थिए ।

स्विसको स्थानीय टेलिभिजनले तयार पार्न लागेको नेपाली कला संस्कृति, स्विसमा बस्ने नेपालीको रहनसहन सम्वन्धि वृतचित्रका लागि नेपाली पोशाकको प्रदर्शन गरिएको थियो । स्थानीय नेपाली र स्विस नागरिकको उलेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन गुणराज शर्मा र संगीत ब्यवस्थापन हिरालाल श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

top