Thursday 25 May, 2017
registration

कोरिया लाने भन्दै ३ करोड ठग्नेलाई कारबाही गर

timendate21 April, 2015 timendate0

३७ जना युवालाई कोरिया पठाइदिने भन्दै जनही रु आठ लाख लिएर फरार भएकाहरुको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवाधिकार समितिले ठगिएका ३७ जनाको मुद्दामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

दक्षिण कोरियास्थित पानीजहाज कम्पनीमा काम लगाइदिने भनी नयाँ बानेश्वरस्थित युनाइटेड परामर्शदाताले जनही रु आठ लाख रकम कुम्ल्याएर फरार भएपछि बिचल्ली परेका ३७ जनाले दिएको लिखित उजुरीमाथि छलफल गरी समितिले सो निर्देशन दिएको हो ।

ठगिएका ३७ जना युवाले परामर्शदाताको सो ठगी प्रकरणमा श्रम ग्राम कार्यालयका कर्मचारीको समेत मिलेमतो भएको लिखित उजुरी दिएपछि समितिमा भएको छलफलमा सभासद्हरूले उक्त मुद्दालाई भ्रष्टाचार भन्दै अख्तियारमार्फत छानबिन गर्नुपर्ने माग गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

top