Tuesday 28 March, 2017
registration

सामसुङ मोबाइल एक्स्पोमा साढे बाह्र करोडको कारोबार

timendate21 April, 2015 timendate0

सुन्धारास्थित सिटिसी मलमा ११ दिनदेखि भइरहेको सिटिसी सामसुङ मोबाइल एक्स्पो सोमबार सकिएको छ । सो एक्स्पोमा रु १२ करोड ५० लाखको कारोबार भएको छ । करिब छ लाखभन्दा बढीले एक्स्पोको अवलोकन गरेका थिए ।

एक्स्पोमा मोबाइल खरिद गर्नेलाई विभिन्न उपहारको व्यवस्थासमेत गरिएको थियो । सो अवसरमा मोबाइल खरिद गर्दा आठदेखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

यस अवधिमा सामसुङ, माइक्रोम्याक्स, कलर्स, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार अन्यभन्दा बढी भएको सिटिसी मोबाइल बजार प्रालिका अध्यक्ष सन्दीपमान श्रेष्ठले जानकारी दिनुभयो ।

एक्स्पोमा १४ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, करिब एक सय मोबाइल पसलको सहभागिता रहेको थियो । एक्स्पोलाई थप आकर्षक बनाउन विभिन्न कलाकारले साङ्गीतिक प्रस्तुति गरेका थिए । सिटिसी मलको भुइँतलामा फुटसल, क्रिकेट तथा पुरस्कार वितरण गरिएको थियो ।

यही वैशाख ५ गतेसम्म एक्स्पो सञ्चालन गरिने भनिए पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिताका कारण अवधि बढाइएको श्रेष्ठले बताउनुभयो ।

 

Leave a Reply

top