Tuesday 28 March, 2017
registration

टोकियोको योयोगीमा नेपाल महोत्सवको चर्चा

timendate3 August, 2016 timendate0

nepal festival

नेपाल प्राकृतिक रूपमा सुन्दर छ अनि नेपाली मिलनसार छन् । जापानीहरू यसै भन्छन् । उनीहरू नेपालका हिमाल र यहाँको बहुआयामिक सभ्यताप्रति नतमस्तक छन् ।

जापानीहरूको नेपाल मोहलाई ‘क्यास’ गर्ने हो भने नेपालमा जापनी पर्यटकको संख्या बढाउन सकिनेमा दुईमत छैन । जापान र नेपाल भौगोलिक रूपमा निकै टाढा भए पनि आपसी सम्बन्ध भने धेरै नजिक र ऐतिहासिक छ ।

जापानसँग नेपालको मैत्री सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । प्राकृतिक प्रकोपका दृष्टिकोणले पनि दुई देश समान छन् । जापान र नेपाल भूकम्प, बाढी, पहिरोलगायत प्राकृतिक विपत्बाट बारम्बार पीडित हुने देश हुन् ।

त्यसैले पनि विपत्का बेला जापानी जनता र सरकारले नेपाललाई आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेका छन् । गत वर्षको भूकम्पपछि जापानी जनता र सरकारको नेपालप्रति झन् चासो बढेको छ ।

Leave a Reply

top