Sunday 23 April, 2017
registration

जनसम्पर्क समिति जापानको नयाँ नेतृत्वमा रस्साकस्सी सुरु

timendate31 July, 2016 timendate0

jaapan

आसन्न छैठौ अधिवेशनका लागि नयाँ नेतृत्व चयन गर्न लागेको नेपाली जनसम्पर्क समिति जापानको नयाँ सभापतिमा १० जना वढी आकॉक्षी देखिएका छन ।

जसका कारण यतिवेला जापानमा रहेका नेपाली काँग्रेसमा आस्था राख्ने प्रवासी नेपालीहरुमा नेतृत्वमा होडवाजी चलेसंगै चर्चा चुलिएको छ । आगामी अगष्ट १४मा हुने विधान अधिवेशन ततपश्चात २१ तारिकमा निर्वाचन तथा २४मा घोषणासभा हुने कार्यक्रम ताेकिए पछि आफनो नाम आकॉक्षीका रुपमा देखाउन लागि परेका छन ।

यसरी नयाँ नेतृत्वका लागि आफनो आकाक्षा देखाउनेहरुमा वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डीपी कँडेल र पुस्कर थापा अग्रस्थानमा रहेका छन। यस्तै वर्तमान कार्यसमिति कै महामन्त्री राजेन्द्र जम्मरकट्टेल पनि मैदानमा होमिएका छन ।यस अलावा सभापति पदको आकाक्षीमा वर्तमान कार्यकालमा महाधिवेशन प्रतिनिधि समेत चयन हुनु भएका रोशन केसीको नाम चर्चामा छ ।

यस्तै गरि नयाँ कार्यकालका लागि नयाँ नेतृत्वमा सर्वसम्मत हुनुपर्छ भनेर आवाज आएपछि सर्वसम्मत रुपमा नेतृत्व पाईने होडमा केही पूर्व अध्यक्ष तथा पूर्वपदाधिकारीहहरु मैदानमा उत्रिएका छन । जसमा वर्तमान सभापति नारायण सुवेदी आफै पनि पुन नेतृत्व दोहोरयाउने पक्षमा रहेको बुझिएको छ ।

साभार : नेपाल जापान डट कम

Leave a Reply

top