Non-Resident Nepali Association Japan

पत्रकार खत्रीको निधनप्रती हार्दिक समवेदना
कारोवार दैनिकका समाचार संम्पादक एवं युवा पत्रकार स्व. बिजयबाबु खत्रीको गत नोभेम्वर २८ सोमबारका दिन रुपन्देहिको सालझण्डिमा कार दुर्घटनामा परि ३५ बर्षको कलिलो उमेरमा असमायिक निधनभएको दु:खद खवरले गैर आवासीय नेपाली संघ, जापान स्तब्ध भएको छ। स्व. खत्रीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।

कर्मठ युवा पत्रकार तथा परम मित्र स्व. खत्रीले गैर-आवासीय नेपाली संघ, जापानको २००६ मा सम्पन्न पहिलो अधिवेशनमा समेत सहभागि जनाई उत्त सम्मेलनको प्रत्यक्ष प्रसारण गर्दै सुचना पर्वाह गर्न ठुलो मद्धत पुर्याउनु भएको थियो।

स्मरण रहोस, एनआरएनको स्थापना काल देखी नै यस अभियानमा महत्वपुर्ण योगदान दिदै आउनु भएका स्व. खत्री काठमाण्डौं देखी बिश्वका आधा दर्जन बढि देशमा आयोजित गैर-आवासीय नेपाली संघका क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरुमा सहभागि भएर संघले उठाएका मुद्धाहरुलाई सु-सुचित गर्ने एवं संघका समाचार संम्प्रेषण गर्ने, लेखहरुको प्रकाशन गर्ने, दस्तावेजहरु तयार गर्ने तथा अभिलेख राख्ने कार्यमा उहाँको अहम भुमिका रहेको थियो।

स्व. खत्रीले पत्रकारिताको सुरुवात देखी नै बैदेशिक रोजगार, श्रम र गैर आवासीय नेपालीहरुका बिषयहरुमा कलम चलाउदै आउनु भएकाले पनि गैर-आवासीय नेपाली संघलाई अपुरणीय क्षति पुगेको साथै एक सच्चा पत्रकार तथा देशले कर्मठ होनहार युवा पत्रकार गुमाएको छ।

शरद कुमार गौचन

प्रवक्ता

गैर आवासीय नेपाली संघ जापान

अन्तराष्ट्रिय महोत्सबमा एनआरएनए जापानको सहभागिता
गत नभेम्बर २७ तारिक आईतबारका दिन एनआरएनए जापानले कानागावा प्रान्तको योकोहामा शहरमा आयोजना गरिएको प्रान्तकै वर्षको सबैभन्दा ठूलो अन्तराष्ट्रिय महोत्सब अर्थ फेष्टामा नेपाल चिनाउने कार्यक्रम गरेको छ। कानागावा प्रान्त टोकियो नजिक रहेको र यहाँ विभिन्न देशका विदेशीहरु पनि बढिमात्रामा बसोबास गरेको पाईन्छ।

कार्यक्रमको अन्य फोटो हेर्न यहाँ क्लीक गर्नुहोस

यस अर्थ फेष्टामा विभिन्न देशका भेषभुषा, नाचगान, खेल, फुड फेष्टिबल लगाएतका कार्यक्रम गरिएका थिए। नेपालको तर्फबाट एनआरएनए जापानले एउटा स्टलनै राखी नेपाल चिनाउने कार्यक्रम गरिएको थियो। अङग्रेजि तथा जापानीमा लेखिएका पोष्टरहरु बाड्नुका साथै नेपाली मसला चिया बनाई जापानीहरु एंव कोरिया, ईन्डोनेशिय, चाईनज, भियतनामीलगाएतका विदेशीहरुलाई पनि बाँडिएको कुरा एनआरएनए जापानका कार्यक्रम संयोजकहरुले जानकारी गराएका छन।

कार्यक्रमको संयोजन एनआरएनए जापानको कार्यसमितिका सदस्य हरि बहादुर पहारीले गर्नुभएको थियो भने देबिलाल भन्डारी, डन्डपानी कडेंल, सन्दिप ढुङगाना, यसोदा बस्नेत साथै स्वयमसेवकको रुपमा फुकुवोकावासी जेनिश श्रेष्ठले सहभागि जनाउनुभएको थियो।

कार्यक्रममा नेपाली मसला चियासँगै कोकोनट बिष्कुट, निम्किन जस्ता नेपालमा चियासँग खाजा खाईने बिस्कुटहरुपनि चियासँगै वितरण गरिएको थियो। विश्वको चियाको कर्नरमा अरु देशहरु जस्तै चीन, भियतनाम, कोरिया, जापान आदि भएतापनि नेपालको भिन्दै आकर्षक भएको परवेक्षकहरु बताउँछन। हलमा छिर्न अघि देखिनै मग्न बासाना आउने र अरु देशहरुका भन्दापनि भिन्दै स्वाद भएकोले पनि नेपाली मसला चिया प्रख्यात भएको कुरा संयोजक पहारीको भनाई छ। मसला चिया बनाउने तरिकालाइ जापानी भाषामा प्रिन्ट गरी सहभागीहरुलाइ निशुल्क बितरण गरिएको थियो। स्टलमा प्रिफेक्चरका उच्च पदस्त ब्यक्तिहरु लगाएत १०० भन्दा बढि ब्यक्तिहरुले मसला चिया र बिष्कुटहरुको स्वाद चाखेका थिए। कार्यक्रममा नेपालको खानाको परम्परा एवं साँस्कृतिक, भौगोलिक आदिका बारेमा पनि जापानी भाषामा ब्यख्या गरिएको कुरा संयोजक साथीहरु बताउँछन् ।

त्यस्तैगरि महोत्सबमा कार्यसमितिकै सदस्य रहेकि यसोदा बस्नेतले दुईवटा संगितमा नृत्य गरेर नेपालको साँस्कृतिक परिचय दिएकी थिईन। एनआरएनए जापानले नेपाल चिनाउने काम गर्नुको साथै पर्यटन विकाशको लागि पनि यस्ता कार्यक्रमहरुले योगदान दिने कुरा यस कार्यक्रमका आयोजकहरु बताउँछन।

नेसाजले मैत्रीपुर्ण फुटबल प्रतियोगिताको जित हासिल
गत नोभेम्बर १३ तारिक आइतबारको दिन जापानको नागोयामा सम्पन्न नेपाली बिधार्थी समाज जापान र गैह्र आवासीय नेपाली संघ जापान बीच सम्पन्न मैत्रीपुर्ण फुटबल प्रतियोगितामा बिधार्थीहरुको छाता संगठन नेसाजले जित हासिल गरेको छ। खासुगाई स्थित चुबू बिश्वबिध्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा एनआरएनलाई नेसाजले एकका बिरुद्ध ६ गोलले पराजित गरेको छ।

कालो जर्सीको साथमा युवा जोश सहित मैदानमा उत्रेका नेसाजका खेलाडी आशिष गुरुङले  खेल शुरु भएको १२ मिनेटमै पाएको पहिलो फ्री किकलाइ गोलमा परिणत गरि आफ्नो खाता खोल्न सफल भएका थिए। केहि अनुभवी पाका र केहि युवा जोशिला खेलाडीहरु सहित रातो जर्सीमा मैदान छिरेका एनआरएनका खेलाडीहरुले गोल गर्ने पटक पटकको प्रयासलाई गोलकिपर कविन अधिकारीले बिफल बनाइदिएका थिए। खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई नेसाजका खेल संयोजक बिमल अधिकारीले गोल गरि २-० को अन्तरका बीच पहिलो हाफको समाप्ति भएको थियो।

दोश्रो ४५ औं मिनेटको शुरुबाटनै आफ्नो खेललाई आक्रमक बनाएको एनआरएनले गोल गर्ने थुप्रै अवसरहरु पाउदा पाउदै पनि आपसी तालमेल मिलाउन नसक्दा ति अवसरहरु गुमाउनु परेको थियो। बिपक्षीको बलियो रक्षापन्तिलाई छल्दै दोश्रो हाफ पछिको पहिलो गोल गर्न सफल भए नेसाजका बिराट श्रेष्ठ जसले नेसाजलाई ३-० को अग्रता दिलायो। दोश्रो हाफको २१ औ मिनेटमा पाएको पेनाल्टी बलले एनआरएनका समर्थकहरुमा केहि आशा पलाए पनि आखिर त्यो निराशामा परिणत भयो जब एनआरएनका स्ट्राइकर बिनोद खनालको प्रहार गोल पोष्ट भन्दा बाहिर हुन पुग्यो। त्यसको केहि समय लगत्तै एनआरएनका डा. सुदिप अधिकारीले नेसाजको रक्षापन्तिलाई चक्मा दिदै सानदार गोल गरि खेलको उत्तरार्धमा आफ्नो समुहको खाता खोल्न सफल भएका थिए। त्यसको प्रतिउत्तर दिदै नेसाजका राजन पाण्डे ,बिमल अधिकारी र बिराट श्रेष्ठले थप १-१ गोल गरि नेसाजलाई ६ -१ को अग्रता दिलाउन सफल भएका थिए।

अत्यन्त सौहाद्रपूर्ण बाताबरणमा सम्पन्न भएको खेलमा सबै भन्दा रोचक पक्ष रेफ्रीलाई कुन खेलाडी बाहिर निस्यो कुन खेलाडी भित्र छिर्यो भन्ने पत्तो नपाउदा कहिले कहिँ १५ जना समेत मैदानमा खेल खेलिरहेको देखिन्थ्यो भने बाहिर आ-आफ्नो समर्थन लिएर हुटिंगमा बसेका दर्शकले मिनेट मिनेटमा खेलाडी गन्दै गरेको हैरानी पनि खेलको अर्को हेर्न लायक पक्ष थियो। प्रतियोगितामा जापानिज नागरिक यामागुची र अन्जन खनालले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

एनआरएन आइसीसीका कोषाध्यक्ष भवन भट्टको प्रमुख आथित्यमा सम्पन्न औपचारिक कार्यक्रमको सभापति एनआरएन जापानका कार्यबाहक अध्यक्ष्य चिरन्जीवी थापा हुनुहुन्थ्यो। कार्यक्रमका सभापति, एनआरएन एशिया प्यासेफिकका सहसंयोजक किरण बिक्रम थापा, आइसीसीका सदस्यहरु रोविन्द श्रेष्ठ, डा.सुदिप अधिकारी र नेसाज अध्यक्ष बिमल अधिकारीको पासमा कार्यक्रमका प्रमुख अतिथि भवन भट्टले गोल पोष्टमा बल प्रहार गरि खेलको उद्घाटन गरिएको थियो।

प्रतियोगितामा बेष्ट प्ल्येर अफ नेसाजमा टोक्योका राजन भण्डारी भएका थिए भने बेष्ट प्ल्येर अफ एनआरएनमा आशिष सिग्देल भएका थिए। खेलमा सुन्दर २ गोल गरि आफुलाई प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी बनाउन सफल भएका थिए नागोया निवासी नेसाजका बिराट श्रेष्ठ। प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट सहभागी बनि कार्यक्रमलाइ भव्यता पुर्वक सफल बनाइदिनु भएकोमा दुवै तर्फका आयोजक समितिले सम्पूर्ण खेलाडी, उपस्थित दर्शक, सहयोगी संघसस्था, संचार माध्यम, प्रतियोगिता अबधिभर खेलाडीलाई पानीको व्यवस्था गर्ने नागोयाको एसियन तापास रेष्टुरेन्टलाइ हार्दिक धन्यवाद ब्यक्त गरेको छ।

बिगत बर्षदेखि शुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता यो केवल खेलको लागि मात्र नभएर नेपाली मनको आत्मियता, एकता र भाइचारा सम्बन्धलाई प्रगढ़ा बनाउने महत्वपुर्ण मैदान बन्न पुगेको छ। प्रतियोगितामा सहभागी खेलाडीहरु पनि खेलमा गोल हान्नु नहान्नु भन्दा पनि एक आपसमा आत्मियता साटासाट गरि बन्धुत्वको सम्बन्धलाई प्रगाढ बनाउन पाएकोमा खुसि ब्यक्त गर्दै थिए। नेपालीको आत्मियता र एकतालाइ मजबुद बनाउन सम्मेलन, अधिबेशनमा हुने कुम्भ मेला भन्दा पनि यस्तै किसिमका खेलकुद कार्यक्रममा हुने सहभागिताले सार्थक तुल्याउने देखिन्छ।

सन्देश पोखरेल, नागोया

दोश्रो मैत्रीपुर्ण फुटबल यहि नोभेम्बर १३ तारिक
आफ्नो कामको अलावा कहिले एनआरएन सम्मेलनमा ब्यस्त त कहिले नेपाली चाडपर्व मनाउनमा ब्यस्त जापानबासी नेपालीहरुमा यतिबेला भने फुटबलको नशाले छुन थालेको छ। मैत्रीपुर्ण फुटबल प्रतियोगिता नाम दिइएको उक्त खेल जापानमा दोश्रो पटक यहि नोभेम्बर १३ तारिक आइतबार नागोयाको खासुगाई स्थित च्युबू बिश्वबिध्यालयको फुटबल मैदानमा सम्पन्न हुन गइरहेको छ।

नेपालीहरुको साझा संस्थाको रुपमा चिनिएको गैह्र आवासीय नेपाली संघ जापान र जापानमा अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको छाता संगठन नेपाली बिधार्थी समाज जापानबीच प्रतिष्पर्धा हुने उक्त खेलमा जापानको प्रमुख शहरहरु टोकियो, ओसाका, सिजोउका, फुकूओका र हिरोसिमामा रहेका नेसाज तथा एन आर एनका सदस्यहरुको उत्साह पूर्वक उपस्थिति रहने आयोजकहरुले बताएका छन।

यो खेलमा कसैको हार र जित भन्दापनि सबै नेपालीहरुमा एक अर्का प्रतिको आत्मियता साटासाट गर्ने माध्यमनै यस खेलको प्रमुख उधेश्य रहेको बताउने एन आर एन जापानका सल्लाहकार एबम यस खेलमा एनआरएन जापान तर्फका संयोजक पारसमणि पोखरेल यस किसिमको खेलकुद कार्यक्रमले आगामी बर्षहरुमा पनि निरन्तरता पाउने बताउनु हुन्छ।

जापानमा बसोबास गर्ने नेपालीहरुमा रहेको खेल प्रतिको इच्छा गतवर्ष सम्पन्न फुटबल प्रतियोगिताले देखाएकोले त्यसैको निरन्तरता स्वरूप यस वर्ष पनि फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउदै नेसाजका अध्यक्ष्य एबम नेसाज तर्फका संयोजक बिमल अधिकारी यो खेललाई कसैले पनि हार र जितको रुपमा लिन नहुने भन्दै यो दिनलाइ आत्मियताको पर्वको रुपमा मनाउनु पर्ने बताउनु हुन्छ।

जापानको विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका संस्थाहरु एनआरएन जापान र नेपाली बिधार्थी समाज जापानको चाँजोपाँजोमा हुन गैरहेको उक्त प्रतियोगितामा खेलाडीको रुपमा सहभागी हुन इच्छुक खेलाडीहरुले यथाशिघ्र सम्पर्क राख्न अनुरोध गर्दै उक्त दिन रोमान्चक खेलको अवलोकन गर्न सम्पूर्ण जापान बासि नेपालीहरुलाई आयोजक समितिले हार्दिक आमन्त्रण समेत गरेको छ।

युवा बिधार्थीहरुको जोश बोकेर मैदानमा उत्रिएको नेसाज र अनुभबी पाका खेलाडीको उच्च मनोबल लिएर उत्रिएको एनआरएन जापानको खेल सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने देखिन्छ, आखिर जित कसको हुने हो त्यो भने हेर्न भने बाँकि नै छ।

स्मरण रहोस गतसाल सम्पन्न पहिलो मैत्रीपुर्ण फुटबल प्रतियोगितमा नेसाजले मैत्रिकप हातपार्न सफल भएको थियो।

सम्पर्कको लागि नम्बर – ०९०-८३३७-४४२२ र ०९०-१७२५-२९३०

एनआरएन कोशीनेचुका कार्यसमिती
संयोजक: उदयराज कँडेल

उपसंयोजक: माधवराज रेग्मी

सचिव: अञ्जय डल्लाकोटी

सहसचिव: निरज कोइराला

कोषाध्यक्ष: शिवजी बर्तौला

सदस्य: पेमा लामा

सदस्य: रवि डल्लाकोटी

सदस्य: राजुराज कुमाल

सदस्य: सुश्री टाँसी लामा

प्रमुख सल्लाहकार: राजेन्द्रप्रसाद भट्टराई

सल्लाहकार: बिष्णु रेग्मी

सल्लाहकार: नारायण सुबेदी

सल्लाहकार: महेन्द्र गौतम

सल्लाहकार: आनन्द भट्टराई

सल्लाहकार: काशीराज उप्रेती

विश्व संम्मेलन प्रतिनिधी तथा आईसिसि सदस्य सम्बन्धि एनआरएन जापानको सुचना
सेप्टेम्वर १२, २०११ । सोमबार ।

उपरोक्त सम्बन्धमा नेपालीहरुको महान चाड बिजया दशमी संगै आगामी अक्टोवरको १२ देखी १४ सम्म काठमान्डौंमा हुनगईरहेको गैरआवासीय नेपाली संघको विश्व संम्मेलनको कुरा सहर्ष जानाकारि गराउदै उत्त संम्मेलनमा प्रत्येक राष्ट्रबाट एनसिसिको स्विकृति मार्फत जम्मा १०० जनाले मात्र भाग लिन पाउनुको साथै महाधिवेशनमा मतअधिकार समेतको प्रावधान रहेको छ।

गैरआवासीय नेपाली संघ जापानको हकमा “जो पहिला उहि प्रतिनिधी” ( First Come First Serve) हुने ब्यहोरा रहेको सम्बन्धित सबैको लागि सुचित गर्दै तपसिल बमोजिमको निति, नियम र प्रक्रिया रहेको जानाकारि गराउदै यथासिघ्र आफ्नो सिट सुरक्षित राख्न हुन सादर निवेदन गर्दछौं। अन्यथा आईसिसिको निति अनुसार विश्व संम्मेलन प्रतिनिधी तथा आईसिसि सदस्य हुनबाट स्वतह बन्चित हुनेछ।

विश्व सम्मेलनमा महाधिवेशन प्रतिनिधीको लागि,

(१) १०,००० एन र १ कपी सक्कल पार्सपोर्ट साईजको फोटो, दर्ताको लागि आवश्यक।

(२) आगामी सेप्टेम्वर १७ र १८ मा आयोजित नेपाल महोत्सवका दिन टोक्योस्थित योयोगि पार्कमा कान्तो क्षेत्र लगायतका ईच्छुक महानुभावहरुले एनआरएन जापानकै स्टलमा बिहानको १०:०० बजे देखी ४:०० बजे सम्म दर्ता गर्न सकिने।

(३) अन्य क्षेत्र वा सेप्टेम्वर १७ र १८ मा दर्ता असमर्थवालाको हकमा आ-आफ्नो क्षेत्र मार्फत २३ तारिख सम्ममा क्षेत्रिय संयोजक वा सम्बन्धीत कार्यालयमा दर्ता गर्न सकिने।

(४) प्रत्येक क्षेत्रका संयोजकद्धारा प्राप्त दर्ता शुल्क १०,‍००० एन, पंञ्जिकृत सदस्य संख्या बिवरण र पंञ्जिकृत रकम प्रति ब्यक्ति ५०० एन सहित एनआरएन जापान केन्द्रमा २३ तारीख भित्र पठाउनुपर्ने।

(५) गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीको निति अनुरुप १० पंञ्जिकृत सदस्य बराबर १ महाधिवेशन प्रतिनिधी र दर्ता रकम १०,००० एन किटान भएकोले सोहि बमोजिम प्राप्त सम्पुर्ण रकम र पंञ्चिकृत सुची संम्लग्न गरि एकमुष्ठ आईसिसिमा पठाईने।

(६) सेप्टेम्वर २५ तारीखमा महाधिवेशनको प्रतिनिधीहरु १०० जनाको नामावलि सुचित गरिने।

आईसिसि सदस्यको लागि,

(७) ५०,००० उमेदवारि दर्ता शुल्क, १००,००० आईसिसि शुल्क र १०,००० एन फाराम दर्ता रकम गरि जम्मा १६ मान एन र १ कपि सक्कल पार्सपोर्ट साईजको फोटो, फाराम दर्ताको लागि आवश्यक।

(८) आगामी सेप्टेम्वर १७ र १८ मा आयोजित नेपाल महोत्सवका दिन टोक्यो स्थित योयोगि पार्कमा एनआरएन जापानकै स्टलमा बिहानको १०:०० बजे देखी ४:०० बजे सम्म दर्ता गर्न सकिने।

(९) सेप्टेम्वर २५ तारिखका दिन एनसिसि, जापानको बैठकबाट निर्णय गरि आईसिसि सदस्यको छनोट गरि नामावली सुचित गरिने।

(१०) उमेदवारि दर्ता भएपनि, यदि आईसिसि सदस्य छनोट नभएको खण्डमा आईसिसि शुल्क १०,०००० एन (१०मान) मात्र फिर्ता गरिने। फाराम शुल्क र दर्ता शुल्क फिर्ता नहुने।

NRNA ICC का उपाध्यक्ष जिबा लामिछाने संग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
सेप्टेम्बर ६, २०११ । मंगलबार ।

गत सेप्टेम्वर ४ तारीख आईतबारका दिन टोक्योको आसागाया स्थित सिन्टोक्यो खाईकानको सभाहलमा गैरआवासीय नेपाली संघ जापानको आयोजनामा NRNA ICC का उपाध्यक्ष जिबा लामिछानेज्यु संग अन्तरक्रिया कार्यक्रम तथा गैरआवासीय नेपाली संघ जापानको पाचौं कार्यसमितीमा मनोनित ५ सदस्य र NRNA ICC  महिला प्रतीनिधि १ गरि जम्मा ६ जनालाई सपथ ग्रहण गराउने कार्य पनि सम्पन्न गरेको छ ।

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङको सभापतित्वमा शुरु भएको उत्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा NRNA ICC  का उपाध्यक्ष जिबा लामिछानेज्यु रहनु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथी जिबा लामिछानेज्युलाई अध्यक्ष ओम गुरुङ, कान्तो क्षेत्रिय समितीका संयोजक जोन छन्त्याल तथा NRNA ICC महिला प्रतिनिधी नम्रता पाण्डेले सामुहिक रुपमा खादा तथा पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो ।

अतिथीको आसणबाट एनआरएन जापानका पुर्ब अध्यक्ष राजन प्रधानाङ्ग, भबन भट्ट, निबर्तमान अध्यक्ष रोशन के.सी र पुर्व सल्लाहाकार डा. राम गिरीले क्रमश आ-आफ्ना भनाईहरु राख्दै  प्रमुख अतिथीलाई स्वागत सहित आगामी अक्टुवरमा काठमाण्डौंमा हुन गईरहेको केन्द्रको पाचौं अधिवेशनमा अध्यक्ष पदको उमेदवारि घोषणा गरिएको कार्यलाई लक्षित गर्दै सफलताको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

त्यसै गरि NRNA ICC  का सदस्य अरुण कुमार श्रेष्ठ, किरण विक्रम थापा र NRNA ICC  का प्रबक्ता डा.कुमार बस्नेतले प्रमुख अतिथि NRNA ICC  का उपाध्यक्ष जिबा लामिछानेज्युलाई स्मरण गराउदै एनआरएन ”नेपालीको लागि नेपाली” भन्ने पवित्र अभियानमा हात  र काध मिलाउदै २ बर्षको अन्तरालमा एउटै टिममा रहेर काम गर्दाको अनुभब एवं धेरै सफलता र प्रगति समेत गरेको बताउनु भयो । साथै  प्रमुख अतिथीलाई लक्षित गर्दै ब्यक्ति,पद ठुलो कुरा होईन संस्थाको निति नियम, तर्जुमा, मार्गनिर्देशन र एनआरएनको पबित्र उदेश्यको फल प्राप्तिको लागि निरन्तर अघि बढ्न सक्नु नै सबभन्दा ठुलो कुरा हो भन्दै आगामि दिनमा एनआरएनको लक्ष हासिलका निम्ति  हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।

उपस्थित सबै पदाधिकारीहरु तथा उपस्थित श्रोताहरुले समेत एकएक गरि आ-आफ्नो परिचय सहित र प्रमुख अतिथीलाई एनआरएनको बिषयमा सल्लाह,सुझाव प्रश्न र जिज्ञाशा राख्नु भएको थियो ।

उपस्थित महानुभावहरुबाट उठाईएको प्रश्न वा जिज्ञासाहरुको प्रति उत्तर दिदै आफ्ना कार्ययोजना कुनै नौलो र अनौठो नभएको, हालकै अपुर्ण कार्यलाई पुर्णता दिने नै आफ्नो पहिलो प्राथमिकता हुने साथै यो सञ्जाललाई अझै बृहत रुपमा बढाउदै लैजाने  र यसको फाईदा एनआरएन स्वयम र राष्ट्रलाई पनि भरिपुर्ण हुनुपर्ने कुरा प्रमुख अतिथि NRNA ICC  का उपाध्यक्ष जिबा लामिछानेले बताउनु भयो ।

अन्तमा अतिथी तथा वक्ताहरुबाट संम्बोधनको क्रममा नसमेटिएका बिषय तथा उपस्थित महानुभावहरुबाट उठाईएका बिषयलाई पुन अन्तरक्रिया को माध्यमद्वारा पुर्णता दिदै बढो गहण रुपमा प्रमुख अतिथी बिच बहस र छलफल गरिएको थियो ।

कार्यक्रमको मध्यान्तरमा  NRNA ICC कि महिला प्रतिनिधि नम्रता पाण्डे, कार्यसमितिका सदस्यहरु क्रमश: राजु ढकाल, पदम गुरुङ, हरि बहादुर पहारी, बुद्द गुरुङ र अनिता गुरुङलाई गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङले प्रमुख अतिथि NRNA ICC  का उपाध्यक्ष जिबा लामिछानेज्युको समुउस्थितीमा सपथ ग्रहण गराउनु भएको थियो ।

हल ब्यवस्थापन र चमेना सहितको प्रायोजन गर्नुहुने  NRNA ICC  सदस्य किरण विक्रम थापालाई धन्यबाद व्यक्त गर्दै सभापति ओम गुरुङले कार्यक्रम को बिसर्जन गर्नु भएको थियो ।

स्मरण रहोस सम्पन्न उक्त कार्यक्रममा प्रोजेक्टरको साहारा सहित बढो कुशलता पुर्वक एनआरएन जापानका महासचिब डा. राजेन्द्र प्रसाद पराजुलीले संचालन गर्नु भएको थियो भने यस कार्यक्रममा उपाध्यक्ष बिष्णुहरी रेग्मीको स्वागत भाषण रहेको थियो ।

गैरआवासीय नेपाली संघ जापानको पहिलो बैठक सम्पन्न, दोस्रो बैठकबाट आईसीसी सदस्य टूंगो लगाउने
सेप्टेम्वर १, २०११ ।  बिहिबार ।

गत अगष्ट २८ आईतबारका दिन टोक्योको ईकेबुकुरोस्थित सेईकाचु सान्ग्यो ल्पाजामा सम्पन्न गैरआवासीय नेपाली संघ जापानको नवनिर्वाचित कार्यसमितीको घोषणा सभा, बुझबुझारथ तथा सपथग्रहण लगत्तै पाँचौं कार्यसमितीको बिभिन्न निर्णयहु गर्दै बैठक बसेको थियो ।

नवनिर्बाचित कार्यसमितीको परिचयात्मक कार्यक्रमबाट शुरु गरिएको बैठकमा बिधानको मार्ग निर्देशन बमोजिम थप ६ सदस्य मनोनित गर्दै पाँचौं कार्यसमितीले पुर्णता पाएको छ । जसअनुसार सदस्यहरुमा क्रमश: राजु ढकाल, पदम गुरुङ, हरि पहारि, बुद्ध गुरुङ, चिरञ्जिबि सिग्देल र अनिता लामा (गुरुङ) लाई कार्यसमितीको सदस्यमा मनोनित सहित बिस्तार गरिएको छ ।

प्रवक्तामा शरद कुमार गौचनको मनोनयनलाई अनुमोदन गर्द आईसीसी युवा प्रतिनिधी र आईसीसी महिला प्रतिनिधीमा क्रमश: सुदन थापा र नम्रता पाण्डेलाई सर्वसम्मत मनोनयन गरिएको छ ।

त्यसैगरि गैरआवासीय नेपाली संघ जापानको आयोजनामा आगामी सेप्टेम्वर १७ र १८ मा टोक्यो शहरको मुटुमा रहेको योयोगी पार्कमा हुन गईरहेको दुईदिने “नेपाल महोत्सव २०११” संगै कान्तो क्षेत्रबाट हालसम्म प्राप्त पंञ्जिकृत सदस्यहरुलाई समेटेर पहिलो चरण स्वरुप परचयपत्र बितरण गर्ने योजना सहित कार्य तर्जुमा अगाडि बढाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ जापानको पाँचौं कार्यसमितीको दोस्रो बैठकले पंञ्जिकृत सदस्य संख्याको आधारमा आईसीसीको सदस्य संख्याको टूंगो लगाई छनोट समेत गरिने बताईएको छ । उत्त छनोट प्रकृयाको लागि गैरआवासीय नेपाली संघ जापानद्धारा आयोजना गरिने “नेपाल महोत्सव २०११” दिनलाई नै आवेदनको मितितय गर्दै ईच्छुक आईसीसी उमेदवारले सेप्टेम्वर १७ र १८ तारीखम गैरआवासीय नेपाली संघ जापानको स्टलमा निवेद दिनको लागि अनुरोध गरिएको छ ।

एनआरएन जापानको निबर्तमान कार्यसमितीले गत जुलाई र अगष्ट महिनामा ३ पटकसम्म सुचना जारि गरि पंञ्जिकृत सदस्यको सुची बनाउनको लागि आठैं क्षेत्रलाई आवेदन फाराम सहित दर्ता शुल्क भुक्तानी गर्न ताकेता गरिएता पनि तिन क्षेत्रबाट मात्र न्युन संख्यामा फाराम उपलब्ध भएकोले यथासीघ्र आठैं क्षेत्रलाई पुन सो कार्य गर्न गराउन कार्यान्वयनको लागि अनुरोध गरिएको छ ।

एनसीसी सर्वसम्मतिबाट निर्वाचित भएको बर्तमान परिस्थितिमा आईसीसी उमेदवारहरु स्वयमले बिशेष पहल गरेमा पंञ्जिकृत सदस्य संख्यामा सहज र सुलभ ढंगले अधिकांश जापानबासी नेपालीलाई समेट्न सकिने देखीएकोले उमेदवारहरुलाई सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्दै दर्ता भई गरिसकेका ठुलो संख्याको पंञ्जिकृत सदस्यहरुको आवेदन फारम र रकम अझै प्राप्त नभएकोले तुरुन्तै आ-आफ्नो क्षेत्रिय समिती मार्फत सक्दो छिटो बुझाउनको लागि पुन ताकेता गर्ने निर्णय गरिएको छ । आईसीसी उमेदवार मार्फत प्राप्त पंञ्जिकृत सदस्य संख्यालाई मध्यनजर राखेर उत्त कार्यको स-सम्मान, सहानुभुति सहित उच्च कदर गर्दै आईसीसी सदस्य छनोट प्रकृया संलग्न गरि बिशेष प्राथमिकता दिईने कुरा पनि बैठकबाट पारित भएको छ ।

समयाभाव र अपुग गृहकार्यको कारण सचिबालय गठन, सल्लाहाकार समितीको मनोनयन, आवश्यक बिभागको गठन तथा बिभागीय प्रमुखहरुको नियुक्त र बैकल्पिक केन्द्रिय सदस्य मनोनयन गर्ने जस्ता प्रकृयागत कार्य आगामि बैठकमा गरिने जनाईएको छ । मनोनित ६ केन्द्रिय सदस्यहरुको सपथ ग्रहण पनि दोस्रो बैठकमै गरिने कुरा पनि निर्णय भएको छ ।

एनआरएनए जापानको निर्वाचन सम्बन्धी सूचना
एनआरएनए जापानको निर्वाचन सम्बन्धी कार्यक्रम यस प्रकार रहेकोछ

स्थान: गोतान्दा बुनका सेन्टेर

२०११ अगस्ट १४

१) उमेद्ववारी दर्ता:

समय दिउसो ३ बजेदेखी बेलुका ६ बजेसम्म

उम्मेदवारहरुले १ जना प्रस्तावक र १ जना समर्थक राख्नुपर्नेछ साथै उम्मेदवारहरुले आफ्नो सदस्यता नम्बर उल्लेख गर्नुपर्नेछ

१) NCC अध्यक्षकोलागि

क) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउदा दर्ता शुल्क ५ मान र धरौटी ५ मान गरि कुल १० मान यान निर्वाचन आयोगमा जम्मा गराउनु पर्ने छ। सो रकम जम्मा नगराई उम्मेदवारी दर्ता हुने छैन।

ख) निर्वाचन आयोगले तोकेको समय म्याद भित्र उम्मेदवारी फिर्ता लिएको खण्डमा उम्मेदवारले निर्वाचन आयोग समक्ष जम्मा गरेको कुल रकमको २५ प्रतिशत निर्वाचन खर्च स्वरुप कटौती गरेर ७५ प्रतिशत अर्थात ७ मान ५ हजार यान उम्मेदवारलाई फिर्ता गरिने छ।

ग) यदि निर्वाचन आयोगले तोकेको समय म्याद भित्र उम्मेदवारी फिर्ता नलिई निर्बाचनमा गई, निर्बाचनमा खसेको कुल मतको १० प्रतिशत मत नल्याएको खण्डमा उम्मेदवारले निर्वाचन आयोग समक्ष जम्मा गरेको सबै रकम जफत हुनेछ।

घ) यदि कुल खसेको मतको १० प्रतिशत मत ल्याएको खण्डमा वा निर्वाचित भएको खण्डमा ५० प्रतिशत निर्वाचन खर्च स्वरुप कटौती गरेर बाँकि ५० प्रतिशत अर्थात ५ मान यान उम्मेदवारलाई फिर्ता गरिने छ।

२) ICC सदस्यको लागि

क) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउदा दर्ता शुल्क ३ मान र धरौटी ३ मान गरि कुल ६ मान यान निर्वाचन आयोगमा जम्मा गराउनु पर्ने छ। सो रकम जम्मा नगराई उम्मेदवारी दर्ता हुने छैन।

ख) निर्वाचन आयोगले तोकेको समय म्याद भित्र उम्मेदवारी फिर्ता लिएको खण्डमा उम्मेदवारले निर्वाचन आयोग समक्ष जम्मा गरेको कुल रकमको २५ प्रतिशत निर्वाचन खर्च स्वरुप कटौती गरेर ७५ प्रतिशत अर्थात ४ मान ५ हजार यान उम्मेदवारलाई फिर्ता गरिने छ।

ग) यदि निर्वाचन आयोगले तोकेको समय म्याद भित्र उम्मेदवारी फिर्ता नलिई निर्बाचनमा गई, निर्बाचनमा खसेको कुल मतको १० प्रतिशत मत नल्याएको खण्डमा उम्मेदवारले निर्वाचन आयोग समक्ष जम्मा गरेको सबै रकम जफत हुनेछ।

घ) यदि कुल खसेको मतको १० प्रतिशत वा सो भन्दा बडी मत ल्याएको खण्डमा वा निर्वाचित भएको खण्डमा ५० प्रतिशत निर्वाचन खर्च स्वरुप कटौती गरेर बाँकि ५० प्रतिशत अर्थात ५ मानयान उम्मेदवारलाई फिर्ता गरिने छ।

३) NCC सदस्यकोलागि

क) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउदा दर्ता शुल्क१ मान र धरौटी १ मान गरि कुल २ मान यान निर्वाचन आयोगमा जम्मा गराउनु पर्ने छ। सो रकम जम्मा नगराई उम्मेदवारी दर्ता हुने छैन।

ख) निर्वाचन आयोगले तोकेको समय म्याद भित्र उम्मेदवारी फिर्ता लिएको खण्डमा उम्मेदवारले निर्वाचन आयोग समक्ष जम्मा गरेको कुल रकमको २५ प्रतिशत निर्वाचन खर्च स्वरुप कटौती गरेर ७५ प्रतिशत अर्थात १ मान ५ हजार यान उम्मेदवारलाई फिर्ता गरिने छ।

ग) यदि निर्वाचन आयोगले तोकेको समय म्याद भित्र उम्मेदवारी फिर्ता नलिई निर्बाचनमा गई, निर्बाचनमा खसेको कुल मतको १० प्रतिशत मत नल्याएको खण्डमा उम्मेदवारले निर्वाचन आयोग समक्ष जम्मा गरेको सबै रकम जफत हुनेछ।

घ) यदि कुल खसेको मतको १० प्रतिशत वा सो भन्दा बडी मत ल्याएको खण्डमा वा निर्वाचित भएको खण्डमा ५० प्रतिशत निर्वाचन खर्च स्वरुप कटौती गरेर बाँकि ५० प्रतिशत अर्थात १ मान यान उम्मेदवारलाई फिर्ता गरिने छ।

२०११ अगस्ट १९

२) मतदाता तथा उम्मेदवारहरुको नामावाली प्रकाशन

क) एनआरएनए जापान निर्वाचन समितीले जापानबाट प्रकाशित अनलाइन मिडिया र एनआरएनए जापानको होम पेज www.nrnjapan.org   मा मतदाता तथा उम्मेदवारहरुको नामावाली प्रकाशित गरिने छ।

२०११ अगस्ट २०

३) दाबि बिरोध

क) समय बेलुका ५ बजेसम्म मतदाता तथा उम्मेदवारहरुको नाममा दाबि बिरोध गर्न पाइनेछ।

ख) जसका लागि निर्वाचन समितीको ईमेल र फ्याक्स नम्बर उपलब्द गराइनेछ र यसै मार्फत दाबि बिरोध राख्न पाइनेछ।

२०११ अगस्ट २०

४) उम्मेदवार फिर्ता

क्) बेलुका ५ बजेसम्ममा निर्वाचन समितीको ईमेल र फ्याक्समार्फत उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने छन।

२०११ अगस्ट २१

५) मतदाता तथा उम्मेदवारहरुहरुको अन्तिम नामवाली प्रकाशन

क्) मतदाता तथा उम्मेदवारहरुहरुको अन्तिम नामवाली प्रकाशन समयबेलुका ५ बजेसम्ममा जापानमा संचालित अनलाइन मिडिया र एनआरएनए जापानको होम पेज  www.nrnjapan.org   मार्फत सार्वजानिक गरिनेछ।

२०११ अगस्ट २७

६) मतदान समय: बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ।

मतदान केन्द्र: क्षेत्रमा क्षेत्रले तोकेको स्थानमा

क) बेलुका ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा रहनु भएका मतदाता हरुले मतदान गर्न पाउनु हुनेछ। बेलुका ५ बजे पछी मतदान केन्द्रमा प्रेबश गर्ने मतदाताहरुले मतदान गर्न पाउनु हुनेछैन।

ख) मतदाताहरुले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने एलाइन कार्ड मतदान केन्द्रमा देखाउनुपर्नेछ। एलाइन कार्ड नहुनेहरु हुनुहुन्छ भने पासपोर्ट या सवारी चालकको प्रमाणपत्र, त्यों पनी नभएको कोही हुनुहुन्छा भने निर्बाचन समितिलाई फाक्स या इमेलमार्फत पूर्ब जानकारी गरी निर्बाचन कमिटीले छनबिन गरेर मतदान दिने अधिकार छ भन्ने ठहर गरेको खण्डमा मतदान दिन पाउने छन।

एनआरएनए जापानको सदस्यता फारम

मनोनय फारम

थप जानकारी को लागि केन्द्रिय  निर्बाचन कमिटिसंग देहाएको मेल वा फोन मा सम्पर्क गर्नु होला

संयोजक : श्री डा. राम गिरि rgnejp@gmail.com

सदस्य: श्री डा. कुमार बस्नेत kbasnet@hotmail.com

सदस्य : श्री भबन भट्ट bhabanbhatta@yahoo.com

सदस्य: श्री डा. अच्युत सापकोटा  achsap@yahoo.com

सदस्य:श्री कुमार शिन्खडा kumarsimkhada@hotmail.com

सदस्य: श्री नर बहादुर थापा(प्राप्त नभएको )

सदस्य : श्री कुल चन्द्रखरेल kulchandrakharel@yahoo.com

एनआरएन जापानको सार्वाजानिक सुचना
बिशेषत बिशेषत हिजो मिति २०११ अगस्त ७ तारिख ११ बजे च्युओकु हाच्चयोबोरी ३-१४-२ बि १, संगम रेष्टुरेन्टमा गैर आबाशिय नेपाली संघ जापानका अध्यक्ष श्री रोशन केसिको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसमितिको १० औ बैठकले अधिबेसन तयारीको समिक्षा गर्दै तपसिल बमोजिमका महत्वपूर्ण निर्णय गर्यो।

कार्यसमितिको बैठकमा संगठनिक, आर्थिक प्रतिबेदन र मसौदा बिधान माथि उठेका प्रश्न र सुझाबलाई समाबेश गर्दै संगठनिक, आर्थिक प्रतिबेदन र मसौदा बिधान पारित गर्यो।

पंजीकृत सदस्य बन्ने अन्तिम अबधि यहि २०११ अगस्त १४ तारिखको अधिबेसनको दिनको ठिक ३ बजेसम्म अधिबेसन स्थलमा उपलब्ध सदस्यता शुल्क सहितको सदस्यता फारमअनुसारको सुचीलाई मात्र २०११ अगस्त २७ तारिक हुने निर्बाचनको मतदान प्रक्रियामा सग्लग्न गराईने भनिय पनि क्षेत्रिय संयोजक १ दिन अगाडी हिड्नु हुने हुनाले १४ तारिख ३ बजेसम्म क्षेत्रिय संयोजकले केन्द्रिय महाधिबेसन हलसम्म ल्याउन नसकेका फर्म सोहि दिन (अगस्त १४ तारिक) बेलुका ६ बजेसम्म पोस्ट गरिसकिएको हुनुपर्ने र सो बापतको शुल्क सोमबार ३ बजेसम्ममा फुरिकोमी गरि सक्नु पर्नेछ।

त्यसरी फर्म र रकम नआउने सदस्यको भोटिंग अधिकार हुने छैन र उमेदबार हुन्, प्रस्ताब गर्न वा समर्थन गर्न पाउने छैन। १४ तारिख ३ बजेसम्म फर्म र शुल्क नआउनेको हकमा ३ बजेभित्र केन्द्रिय कार्यसमितिको मेलमा प्राप्त पंजीकृत सदस्यको सुचीको आधारमा केन्द्रिय कार्यसमितिका बिभिन्न पद र ICC को प्रतिनिधिको समेत उमेद्वारीको मनोनयन गर्न प्रस्ताब गर्न वा समर्थन गर्न पाईने छ तर त्यहि दिन बेलुका ६ बजेसम्म फर्म पोस्ट गरिसकिएको हुनुपर्ने र सोबापतको शुल्क सोमबार ३ बजेसम्ममा फुरिकोमी हुनु पर्नेछ। नभय उमेद्वारी रद्द हुने निर्णय गरिएको छ।

डा. राजेन्द्रप्रसाद पराजुली

प्रवक्ता

गैर आबाशिय नेपाली संघ जापान