Monday 25 September, 2017

हाल सम्म प्राप्त रकमहरु

timendate15 June, 2017 timendate0

नमस्कार !

जापानमा नेपाली हरुको संख्या वढे संगै समस्या हरुपनि उत्तिकै बढेर गएको छ समस्याको समाधान तथा सहयोगको निम्ति जापानमा रहेका सम्पूर्ण संघ संस्था एकजुट भएर हिड्नु पर्ने दिन आएको छ l जापानमा रहेको संस्थागत बिबेध ,जातिगत बिबेध क्षेत्रगत बिबेध जस्ता बिबेध लाई अन्त्य गर्दै जापानका जुनसुकै,जोसुकैको समस्या हरुपनि समान रुपमा हेरिनु पर्दछ र सहयोग गरिनु पर्दछ त्यो एउटा सम्पन्न संस्थाको सदस्य लाई परेको समस्या होस् या संस्था बिनाको दूरदराज बाट आएको नेपाली किन नहोस ,एउटा सम्पन्न क्षेत्र सम्पन्न संस्थाको नेपाली लाई भबितब्य पर्दा सयौ मान उठेको अवस्था छ तर एउटा निर्धो को हकमा जापानमा अन्तिम संस्कार गर्न पुग्ने रकम सम्म उठ्न नसकेको अवस्था छ l जापानका नेपाली हरुका समस्या समाधान तथा सहयोगको निमित्त सामुहिक हातेमालो गरौ !! यी कुरा हरुलाई मध्यनजर गर्दै २०१७ मे १६ तारिक मृतक मुकेश थापा मगर भाईको अन्तिम संस्कारमा सहभागी संस्था बीच अब बाट जापानका समस्या हरु समाधानका निमित्त सामुहिक रुपमा हातेमालो गर्ने सहमति भएको थियो उपस्थित संस्था हरु एनआरएनए जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा,तमु धीं जापानका अध्यक्ष श्री गुरुङ,थकाली सेवा समितिका अध्यक्ष बुद्धि गौचन,नेपाल जापान युथका अध्यक्ष लेलिन भट्टचन,कास्की पोखरा समाज जापानका काबा अध्यक्ष विश्व सुबेदी,टोक्यो ब्रदर जापान अध्यक्ष सचिन श्रेष्ठ, कास्की पोखरा समाज जापानका सल्लाहकार प्रकाश लाल श्रेष्ठ, फुस्सा गाइज जापान , हाइजिमा युथ क्लब जापान,मगर संघ जापानका प्रतिनिधि हरुको उपस्थितिमा अभियान संचालन गर्ने सहमति भएको थियो l जसमा जापानमा समस्या पर्दा प्रतेक संस्था बाट १०,००० येन आर्थिक सहयोग उपलब्ध गराइने छ l गैरआवासीय नेपाली संघ जापानको पहलमा सुरु भएको यस अभियानमा सम्पूर्ण संघ संस्था हरुलाई यो अभियानमा सरिक भै सहयोग गरिदिन अनुरोध गर्दछु l यस सामुहिक अभियानमा सरिक हुन चाहनुहुने संघ संस्था हरुले आफ्नो नाम टिपाई सहयोग गरिदिन समेत अनुरोध गर्दछु l व्यक्तिगत रुपमा यस सामुहिक अभियानमा सरिक हुन चाहनु हुने महानुभाब हरुले पनि सरिक हुन सक्नु हुने छ त्यसको लागि आफुले सक्ने रकम सहयोग गर्न सक्नु हुने छ l हाल सम्म प्राप्त रकमहरु:

1. गैरआवासीय नेपाली संघ जापान ३०,००० येन

२. सगरमाथा महिला समुह टोयत १०,००० येन

३. सिद्धार्थ रेमिट जापान १०,००० येन

४. म नेपाली ग्रुप १०,००० येन

५. राप्ती समाज जापान १०,००० येन

६. मोना जापान १०,००० येन

७. जनसंपर्क समिती जापान १०,००० येन

८. रुपेन्देही समाज जापान १०,००० येन

९. बाँके बर्दिय समाज जापान १०,००० येन

१०.गल्कोट समाज जापान १०,००० येन

११. पुर्बी नेपाल १०,००० येन

१२. कास्की पोखरा समाज जापान १०,००० येन

१३. तमूधी जापान १०,००० येन

१४. ओ एन एफ जापान १०,००० येन

१५. अर्लान्ग्कोट समाज जापान १०,००० येन

१६. We for all १०,००० येन

१७. खरेल ए १०,००० येन

१८. कानागावा नेपाली सोसाइटी १०,००० येन

१९. बलेवा सेवा समाज १०,००० येन

२०. दीपवे फ़ाउन्डेशन (दीपक सुबेदी ) १०,००० येन

२१. यूथ फर अल जापान १०,००० येन

२२. नुवाकोट समाज १०,००० येन

२३. धादिंग समाज १०,००० येन

२४. सुदुर पश्चिम समाज १०,००० येन

२५. स्यांगजा समाज १०,००० येन

२६. गुल्मेली समाज १०,००० येन

२७. नेपाल जापान यूथ क्लब १०,००० येन

२८. गोर्खा समाज १०,००० येन

२९. City Express २०,००० येन

३०. अर्घाखाची समाज १०,००० येन

३१. रामेछाप समाज १०,००० येन

३२. मगर संघ १०,००० येन

३३. ओनो जापान १०,००० येन

३४. चितवन समाज १०,००० येन

३५. किरात राई यायोक्खा १०, ००० येन

३६. बिउकोट समाज १०,००० येन

अहिले सम्म ३४ संस्था बाट प्रतिबद्ता रकम प्राप्त भएको छ ,प्रतिबद्ता जनाउनु हुने संघ संस्था हरुलाई रकम जम्मा गराई सहयोग गरि दिन अनुरोध गर्दछु ,संस्थाको नाम बाहेक को नाम बाट सहयोग रकम जम्मा गर्नु भएका संस्था हरुले जानकारी गराई दिन समेत अनुरोध गर्दछु l यो लिस्टमा नाम छुट्न गएको खण्डमा जानकारी गराई सहयोग गरिदिन समेत अनुरोध गर्दछु l चाडैनै लागेको खर्चको जानकरी दिने छु l

JP post : 10010-4228121

エヌアールエヌエイ カントウ

सुदन थापा

(अध्यक्ष)

एनआरएनए जापान

Comments

comments

Comments are closed.

top