Friday 23 June, 2017

रामेछापवासीहरु जापानमा संगठित, अध्यक्षमा निकेश श्रेष्ठ

timendate19 April, 2016 timendate0

जपानमा विभिन्न पेसा व्यवसाय गर्दै आएका नैपालीहरु संगठित भएका छन । आईतवार टोकियोमा भएको भेलाले रामेछाप समाज जापान गठन गरेको हाे ।

ramechhap

नवगठित रामेछाप समाज जापानकाे अध्यक्षमा निकेश श्रेष्ठलाई चयन गर्दै २१ सदस्यिय कार्यसमिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा टासी लामा, द्धितिय उपाध्यक्षमा उत्तम श्रेष्ठ, तृतिय उपाध्यक्षमा लालकुमारी घिसिङ चयन भएका छन ।

यस्तै महासचिवमा पर्शुराम वस्नेत, सहऔमहासचिवमा सोम लामा, सचिवमा मनोज लामा, सहऔसचिवमा सागर मोक्तान, कोषध्यक्षमा पूर्ण तामाङ, सहऔकोषाध्यक्षमा शुशिला मोक्तन चयन भएका छन ।

यसैगरि सदस्यहरुमा शशि घिसिङ्ग, तेज लामा, गौरव लामा, प्रकाश श्रेष्ठ, योग्यराज श्रेष्ठ, अमर श्रेष्ठ, शेचन लामा, पासाङ शेर्पा, उमेशकुमार योन्जन, नवीन वस्नेत र सुजाता लामा चयन भएका छन । नव गठित कार्यसमितिकाे संरक्षकमा सोनाम शेर्पा र सल्लाहकारहरुमा रिजन लामा र सुर्यलाल श्रेष्ठलाई चयन गरिएको छ ।

जिल्लामा भैपरिआउने विभिन्न आपतकालिन अवस्था तथा विकास निमार्णका कार्यमा प्रत्यक्ष सहयोग पुरयाउन समिति सकृय रहने सो अवसरमा जानकारी गराईएको थियो ।

आईतवार भएको भेलाको उदघाटन गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापाले गर्नुभएको थियो । सो अवसरमा सचिव बुद्धिराज घिमिरे, सदस्य बावुराम भण्डारी पत्रकारद्धय फूलमान बल र रविन्द्र श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो ।

स्रोत : नेपाल जापान . कम

Comments

comments

Comments are closed.

top