Friday 23 June, 2017

जापानका सरकारी कार्यलयमा बम पड्काउने धम्की

timendate24 February, 2016 timendate0

जापानमा पछिल्लो केही दिनमा सरकारी अधिकारीहरुलाई ३९ वटा बमको धम्की भएका कलहरु आएको प्रहरीले जनाएको छ ।

japani flag

सोमवार दिउँसो स्थानीय सरकारी कार्यालयमा बमको आशंकमा कार्यालयका कर्मचारीहरुलाई सजग गराई सुरक्ष प्रधान गर्दै शंकास्पद बस्तुको खोजी गरिएको फुजी टिभीको रिपोर्टमा जनाएको छ ।

शंकास्पद बस्तु खोजी गरे पनि कुनै त्यस्तो बस्तु भने फेला नपरेको प्रहरीले बताएको छ । सोमबार आएको धम्कीमा ३ बजे वम विस्फोट हुने बताए पछि स्थिती तनाव ग्रस्त भएको थियो ।

प्रहरीले सावधानीको लागी नजिकैको विद्यालय लगायत वडा कार्यालयलाई बन्द गरी विद्यार्थी र कार्यलायका कर्मचारीलाई घर पठाएको थियो तर कुनै विस्पोटक बस्तु भने फेला परेन ।

Comments

comments

Comments are closed.

top