Friday 17 November, 2017

ओझाको नेतृत्एनआरएनए ओकिनावा क्षेत्रिय कमिटी गठन

timendate11 June, 2017 timendate0

ग़ैर-आवासीय नेपाली संघ (एनआरएनए )जापानको ओकिनावा क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । शनिवार यस क्षेत्रको नेपालीहरूको बाहुल्य सहभागितामा अधिवेशन सम्पन्न भएको हो । २०१७-१९ को लागि राष्ट्रिय कमिटिको आठौ अधिवेसन अगस्ट १३ तारिख हुदै छ ,भने क्षेत्रिय कमिटिको अधिवेसन पनि धमाधम हुदैछ। यसै क्रममा आज शनिवार ओकिनावा क्षेत्रको चौथो अधिवेसन एनआरएनए जापानका सचिव बुद्धि राज घिमिरेको प्रमुख आतिथ्य र क्षेत्रिय संयोजक लक्ष्यमण ओझाको सभापतित्वमा बिशेष अतिथि एनआरएनए जापानका कोषाध्यक्ष दिपक थापा , एनआरएनए ओकिनावा सल्लाहकार संदिप श्रेष्ठ को अतिथिमा सम्पन्न भयो।

सो अधिवेशनबाट सर्वसम्मत कार्य समिति चयन गरेको छ संयोजकमा लक्ष्यमण ओझा उपसंयोजकमा द्वय शृजन श्रेष्ठ ,गुन्जन श्रेष्ठ सचिव ज्ञानेन्द्र भट्ट,ससचिव अमृत पौडेल,कोषाध्यक्ष निरज खड्गे शाहि, सदस्यमा क्रमश बिनोद प्याकिरेल,तेङजीङ तामाङ,प्रमिला तामाङ,दिलीप सापकोटा ,निर्मल सापकोटा ,अजिता लोहनी र अनिल दहाल रहनु भएको छ । नव निर्वाचित टिमलाई अधिवेसनका प्रमुख अतिथि एनआरएनए जापानको सचिव बुद्धि राज घिमिरेले पद तथा गोपनीयता को शपथ ग्रहण गराउनु भयो।कार्यक्रममा एनआरएनए जापानको नया सदस्यको परिचयपत्र पनि हस्तान्तरण गरिएको थियो।

Comments

comments

Comments are closed.

top